मेल्लेख गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनको तयारी पुरा

१५ सैयाको आधारभूत अस्पताल पनि उद्घाटन गरिँदै

धनराज साउँद, अछाम २७ भदौ ।

Everest Incitute

मेल्लेख गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनको तयारी पुरा भएको छ । गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको हो ।

प्रशासनिक भवन सँगै मेल्लेख गाउँपालिकामा १५ शय्याको अस्पतालको समेत भोलि (सोमबार) उद्घाटन गरिँदै छ । गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराका अनुसार १५ शैय्याको आधारभूत अस्पतालको सोमवार बिहान र प्रशासनिक भवनको दिउसो औपचारिक रूपमा उद्घाटन गरिने छ । उद्घाटन कार्यक्रमका लागी आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको उहाँले बताउनुभयो ।

प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज तथा प्रविधिमैत्री हुने अध्यक्ष बोहराको विश्वास रहेको छ ।

 

 

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.