कमलबजारमा जारी क्रिकेट प्रतियोगितामा मंगलसेन नगरपालिका फाईनलमा प्रवेश ।

कमलबजारमा जारी प्रथम कमल रावत स्मृति कप क्रिकेट प्रतियोगितामा मंगलसेन नगरपालिका फाईनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भिमपाईला स्पोर्ट क्लब ठाँटीखाँद गाउपालिका दैलेखलाई ६ विकेटले पराजित गर्दै मंगलसेन फाईनलमा प्रवेश गरेको हो ।


टस हारेर पहिले ब्याटिङ गरेको दैलेखले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर ५७ रन बनाएको थियो । जवाफमा मंगलसेन नगरपालिकाले ८ ओभर २ बलमा ४ विकेट मात्र गुमाएर जित हासिल गरेको थियो । मंगलसेनलाई जिताउनका लागि उत्कृष्ट व्याटिङ्ग गर्दै लालु साहानीले २५ रनको पारी खेलेका थिए ।
अहिले फाईनल प्रवेशका लागि दोस्रो सेमिफाइनल खेल आयोजक कमल रावत स्मृति क्लब ए र कालिका युवा संजाल बान्निगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका बिच भईरहेको छ ।

