प्रथम कमल रावत स्मृती कप क्रिकेट प्रतियोगिताको उपाधि मंगलसेन नगरपालिकालाई

Kirci Gyan Kendra

प्रथम कमल रावत स्मृती कप क्रिकेट प्रतियोगिताको उपाधि मंगलसेन नगरपालिकाले हात पारेको छ । आज भएको फाईनल खेलमा आयोजक कमल रावत स्मृति क्लब ए लाई १८ रनले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो ।

Samajik New Add 2082

प्रतियोगितामा उपाधि उचालेको मंगलसेन नगरपालिकाले नगर ७१ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेतामा चित्त बुझाएको कमलबजारले नगद ३१ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । त्यस्तै तेस्रो भएको भिम पाईल स्पोर्ट्स क्लब ठाटिखाद गाउपालिका दैलेखले १० हजार नगद प्राप्त गरेको छ ।

Saud Agro Kailash

पहिले ब्याटिङ गरेको मंगलसेनले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । जवाफमा लक्ष्य पछ्याएको कमलबजारले १४ ओभर ४ बलमा अल आउट हुँदै ९७ रन सिमीत भएको थियो । मंगलसेनका लागि उत्कृष्ट प्रर्दशन गरेका लालु सहानि र जयन्द्र कुवरले ५१ रनको ओपनर उत्कृष्ट साझेदारी सहित अनडाउनमा आयका छत्र विक्रम रावलले ६ वलमा २० रनको सानदार पारि खेलेपछी मंगलेसन जित्न सफल भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट ब्याटसम्यान सहित प्रतियोगितामा ३ सय २४ रन बनाएका दैलेखका सुरज बोहरा म्यान अफ द सिरिज, फाईनल खेलमा उत्कृष्ट ब्याटिङ गरेर ४४ रन बनाएका जयन्द्र कुवर म्यान अफ म्याच, उत्कृष्ट अलराउण्डर भरत जोशी र नव प्रतिभा खेलाडीको पुरुस्कार विपिन भण्डारीले प्राप्त गरेका छन ।

स्वर्गीय कमल रावतका छोरा अर्जुन रावतको अध्यक्षतामा भएको कार्यक्रममा समापन कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका कार्यबाहक मेयर भिम बहादुर भिष्ट बिशिस्ट अतिथी प्रमुख प्रशासकिय अधिकृत खडग बहादुर बिष्ट, रुडेक नेपालका कार्यक्रम अधिकृत टिकेन्द्र भण्डारीले सबै विधाको पुरुस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा सफल पार्न सहयोग गर्ने विभिन्न निकायका ब्यक्तिलाई मायाको चिनो सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । समापन कार्यक्रमको संचालन कमलबजार खेलकुद विकास समीतिका संयोजक धिरज बहादुर रावतले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.