उपाधी जितेको मंगलसेनको क्रिकेट टिमलाई १ महिनाको सुविधा पुरस्कार दिने नगरप्रमुख बोहराको घोषणा

होम साउद, अछाम १८ मंसिरः

Samajik New Add 2082

प्रथम कमल रावत स्मृति कप क्रिकेट प्रतियोगिताको उपधि उचाल्न सफल मंगलसेन नगरपालिकाको टिमलाई नगरप्रमुख पदम बहादुर बोहराले आफ्नो १ महिनाको सेवा सुविधा पुरस्कार स्वरुप उपलब्ध गराउँने घोषणा गर्नुभएको छ । क्रिक्ट टिमले उपाधी उचाले संगै नगरप्रमुख बोहराले सामाजिक सञ्जाल फेसबुक मार्फत सो घोषणा गर्नुभएको हो ।

खेलाडिहरुको हौसला बढाउनका लागि नगरप्रमुख बोहराले व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउने घोषणा गरेको बताएका छन । बोहराले सामाजिक संजाल फेसबुमा लेख्नुभएको छ – “कमलबजारमा सम्पन्न प्रथम कमल रावत स्मृति कप कृकेट प्रतियोगितामा प्रथम हुन सफल मंगलसेन नगरपालिकाको टिम र खेलाडी साथिहरुलाइ हार्दिक बधाइ सहित खेलाडिहरुको प्रोत्साहनको लागि ब्यक्तिगत रुपमा मेरो १ महिनाको सेवा सुविधा पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गर्दछु ।”

नगरप्रमुखले यसरी खेलाडिको मनोवल बढाउनका लागि व्यक्तिगत तवरबाट पुरस्कारको घोषणा गरेपछी सामाजिक संजालमा उहाँको सो कार्यको प्रसंशा समेत भईरहेको छ ।

यसअघि शुक्रबार कमलबजारमा सम्पन्न प्रथम कमल रावत स्मृति कप क्रिकेट प्रतियोगिताको उपाधी मंगलसेन नगरपालिकाको टिमले उचालेको थियो । फाईनल खेलमा आयोजक कमल रावत स्मृति क्लब ए लाई १८ रनले पराजित गर्दै मंगलसेनले उपाधि उचाल्न सफल भएको हो ।

प्रतियोगितामा प्रथम भएको मंगलसेन नगरपालिकाले नगद ७१ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेतामा चित्त बुझाएको कमलबजारले नगद ३१ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको छ । त्यस्तै तेस्रो भएको भिम पाईल स्पोर्ट्स क्लब ठाटिखाद गाउपालिका दैलेखले १० हजार नगद प्राप्त गरेको छ ।

सम्वन्धित समाचारः

प्रथम कमल रावत स्मृती कप क्रिकेट प्रतियोगिताको उपाधि मंगलसेन नगरपालिकालाई

Leave A Reply

Your email address will not be published.