अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जित्ने टिमलाई सम्मान
प्रथम अध्यक्ष कप भलिबल प्रतियोगितामा उपाधि जित्न सफल टिमलाई मेल्लेख गाउपालिकाले सम्मान गरेको छ । भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेर जिल्लामा मेल्लेख गाउपालिकालाई चिनाउन सफल भएको भन्दै भलिबल टिमलाई गाउपालिकाले सम्मान गरेको हो ।

निमीत्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु भएकाे थियाे । प्रमुख अतिथि अध्यक्ष बाेहराले भलिबल टिमले खेलकाे माध्यमबाट मेल्लेखकाे पहिचान उच्च राखेकाेमा खेलाडी बधाई सहित प्रशंसा गर्नु भएको थियो ।
खेलकुद क्षेत्रलाई थप अगाडि बढाउन पालिका र आफ्नाे तर्फबाट पुर्ण रुपमा सहयोग रहने बताए । सम्मान कार्यक्रममा भलिबल खेलका रेफ्रि प्रकाश अधिकारी, खेलाडीको तर्फबाट अर्जुन ढुङ्गानाले मन्तव्य राख्नु भएको थियो ।
सामाजिक सुरक्षा शाखाका लक्ष्मण साउदको स्वागत मनतब्यबाट सुरु भएकाे कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर खडकाले गर्नु भएको थियाे ।