उपाधि जित्ने क्रिकेट टिमलाई नगद सहित सम्मान: नगर प्रमुख बोहराद्धारा ३५ हजारको चेक हस्तान्तरण 

Kirci Gyan Kendra

कमलबजारमा सम्पन्न प्रथम कमल रावत स्मृति कप क्रिकेट उपाधि जित्ने मंगलसेनकाे क्रिकेट टिमलाई मंगलसेन नगरपालिकाले सम्मान गरेको छ । उपाधि जित्न महत्त्वपूर्ण योगदान गर्ने सबै खेलाडीलाई मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले आफ्नो एक महिनाको सुबिधाबाट खेलाडीलाई नगद ३५ हजारको चेक खेलाडीलाई हस्तान्तरण गर्नु भएको छ ।

Samajik New Add 2082

ब्यक्तिगत ३५ हजार र नगरपालिकाको तर्फबाट थप २० हजार खेलाडीलाई सम्मान स्वरुप प्रदान गरिने नगर प्रमुख बोहराले बताउनु भयो । सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले खेलाडीले उपाधि जिताउन सफल भएकाेमा आफुलाई हर्षित तुल्याएको बताउनु भयो ।

Saud Agro Kailash

नगरपालिकालाई चिनाउन खेलाडीले अमुल्य भुमिका खेलेकाले आगामी दिनमा निरन्तर सहयोग रहने बताउनुभयो । खेलाडीले उपाधि जितेर प्राप्त गरेको ट्रफि नगरप्रमुखलाई हस्तान्तरण गरेका थिए भने सबै खेलाडीलाई खादा, अब्बिर सहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, सुचना अधिकारी विष्णुप्रसाद जैसी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु महत, वडा नम्बर ३ का वडा सदस्य बृख बहादुर बोगटी लगाएतको सहभागीता रहेको थियो ।

सम्मान कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपेन्द्र बिष्टले गर्नु भएको थियो । यसअघि गत मंसिर ११ गतेदेखि १७ गतेसम्म कमलबजारमा संचालन भएको क्रिकेट प्रतियोगिताको उपाधि मंगलसेन नगरपालिकाको टिमले उचालेको थियो । सम्मान कार्यक्रममा क्रिकेट टिम कप्तान पौरख कुमार बोगटी, छत्र विक्रम रावल, कमल रावल लगाएत सबै खेलाडीको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.