नमुना किशोरकिशोरी मैत्री सुचना केन्द्रका लागि ३ पालिकाका सरोकारवालासँग परामर्श

Kirci Gyan Kendra

नमुना किशोरकिशोरी मैत्री सुचना केन्द्र सम्बन्धी बृहत छलफल गर्दै सरोकारवालासँग परामर्श बैठक मंगलसेनमा सम्पन्न भएको छ । जिल्लाका ३ पालिका मंगलसेन, कमलबजार र साँफेबगर नगरपालिकाका जनप्रतिनीधी, शिक्षा, स्वास्थ्य र बृहत यौनिकता शिक्षा सहीत नमुना किशोरकिशोरी कार्यक्रम संञ्चालन भएका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालयमा अध्ययनरत किशोरकिशोरीको सहभागिता रहेको थियो ।

Samajik New Add 2082

कार्यक्रमका सहभागी सरोकारवाला तथा किशोरकिशोरीले अझै पनी किशोरकिशोरीले आफ्नो समस्याहरु खुलस्त रुपमा भन्न नसकेका बताएका थिए । घर, समुदाय तथा विद्यालयमा किशारकिशोरीमा थुप्रै समस्या हुने गरेतापनी अझै खुलेर नभन्ने गरेकाले आगामी यस्ता कार्यक्रमलाई समुदाय स्तरसम्म लैजानुपर्ने बताउनु भयो ।

Saud Agro Kailash

परामर्श बैठकमा बोल्दै मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले हरेक विद्यार्थिमा नैतिक शिक्षाको आवश्यकता रहेको औल्याउदै घर, समाज देखि विद्यालयसम्म यस्ता कार्यक्रम हुन जरुरी रहेको बताउनु भयो । किशोरकिशोरीका समस्या खुलस्त रुपमा आउनका लागी हरेक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

साँफेबगर नगरपालिकाका कार्यपालिका सदस्य जयन्ती बोगटीले सबै समस्या समाधानका लागी सबै क्षेत्रले ठोस योजना बनाएर अघि बढनु पर्ने बताउनु भयो । रुढिवादी परम्पराले समाजका समस्या थुप्रै रहेकाले सबै क्षेत्र एकमत भएर अघि बढन जरुरी रहेको बताउनु भयो ।

कमलबजार नगरपालिकाका कार्यवाहक नगरप्रमुख भिम बहादुर बिष्टले स्थानिय सरकारले गरेर मात्र नभई हरेक क्षेत्र एकद्धार प्रणाली मार्फत कार्यक्रम लिएर अघि बढन जरुरी रहेको बताउनु भयो ।

सुनौलो परिवार, एमएसआई, युएनएफपिए र अष्ट्रेलियनको सयुक्त सहयोगमा भएको कार्यक्रमको संञ्चालन जिल्ला समन्वय समितीको कर्मचारी ज्ञानेन्द्र कुवरले गर्नु भएको हो भने सहजिकरण युएनएफपिए अछामका प्रमुख भरत गोतामे र एमएसआईका प्रतिनीधी सुश्मा पोखरेलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.