सामुदायिक रेडियो रामारोशन १५ औँ बर्षमा प्रबेश

Kirci Gyan Kendra

सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन १४ औँ बर्ष पुरा गरि १५ औँ बर्षमा प्रबेश गरेको छ । २०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ साविकको जनालिवण्डाली गाबिसको वडा नम्बर १ ठुलासैन बाट औपचारिक रुपमा आफनो प्रशारण आरम्भ गरेको थियो ।

Samajik New Add 2082

समुदायको हितका लागि शिक्षा, स्वास्थ्य, शुसाशन, बिकास, कृषि, खेलकुद, गरिवि निवारण, वन वातावरण, धार्मिक, सँस्कृति पर्यटन लगाएतका क्षेत्रमा आवाज उठाउदै आएको छ । रेडियो रामारोशनले जिल्लाको परिवर्तनमा आफनो पहिचान बनाउन सफल भएको अध्यक्ष वेद प्रकाश तिमिल्सैनाले बताउनु भयो ।

महिला, दलित, पछाडी परेका समुदायको पक्षमा निरन्तर वकालत गर्दै समावेशि कार्यक्रम प्रशारण गर्दै आएको रेडियो रामारोशनले पुन थप समाबेशी कार्यक्रमका साथ आफनो आगामि योजनालाई निरन्तरता दिने अध्यक्ष तिमिल्सैनाले जानकारी दिनु भएको छ । रेडियोलाई आज सम्मको यात्रामा साथ दिने सम्पुर्ण स्रोता, विज्ञापनदाता र सहयोग गर्ने सुवेच्छुकहरुलाई धन्यवाद दिदै अध्यक्ष तिमिल्सैनाले रेडियो रामारोशनले पछाडी परेका वर्ग र समुदायको मुद्धालाई उठाएकाले सुदुरपश्चिममै छुट्टै पहिचानका साथ १४ बर्ष पुरा गरेको बताउनु भयो ।

Saud Agro Kailash

अछाम जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा, पुर्ण खोप युक्त जिल्ला घोषणा तथा २०७६ चैत्र ११ गतेपछी नेपालमा कोरोनाभाईरसको संक्रमण तथा जोखिम बढेपछी नियन्त्रण तथा समुदाय स्तरमा फैलिन नपाओस भनेर समाचार, सुचना तथा सन्देश प्रशारण गरेर महत्वपुर्ण योगदान दिईरहेको कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाले बताउनु भयो । साथै रेडियो रामारोशनले आगामि दिनमा छाउपडी कुप्रथा मान्ने चलनको अन्त्य महिला तथा बालबालिका माथि हुने हिसां न्युनिकरणका लागी वकालत तथा पैरवी, बाल विवाह, बुह विवाह, जातिय तथा भेदभाव मुक्त जिल्ला घोषणा गर्नलाई सफल पार्नका लागि सरोकारवाला तथा सबै तहका सरकारसँगको सहकार्य लाई अघि सारेको बुढाले बताउनु भयो । २०७४ सालमा स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन भएपछि यतिबेला स्थानिय सरकारसँग सम्बन्ध कसीलो बन्दै गएकाले समाजिक बिसँगती विकृति, बिकास निर्माणमा पारदर्शिताका लागि खबरदारि सहित वकालत र पैरवी भईरहेको स्टेशन म्यानेजर चन्द्र बहादुर थापाले बताउनु भयो ।

१३ बर्ष अघि भाषा कला, संस्कृती र सुचना, मनोरञ्जन दिने उद्देश्यले स्थापना भएको रेडियो रामारोशनले २०७० सालमा सुदुरश्चिममै शिक्षाको क्षेत्रमा अग्रणी भुमिका खेलेको भन्दै शिक्षा पुरुस्कार बाट समेत सम्मानित भएको थियो भने २०७० सालमै खेलकुदको क्षेत्रमा जिल्लामै पहिलो पटक सबै भन्दा ठुलो धनराशि तथा उपाधि भएको क्रिकेटको उपाधि समेत आफनो पक्षमा पार्दै नाम राख्न सफल भएको सहायक स्टेशन म्यानेजर थापाले बताउनु भयो । साथै विश्वभरि फैलिरहेको कोरोनाभाईरसको संक्रमण तथा जोखिम न्युनिकरणका लागी सचेतना जगाउन रेडियोले महत्वपुर्ण खेलेको थापाले बताए ।

२०७६ चैत्र ११ गतेपछी भएको लकडाउन तथा अहीले संक्रमण तथा जोखिम बढिरहेका बेला अहीले पनी अझै समुदाय स्तरमा संक्रमण नफैलीयोस तथा स्थानिय तहलाई जिम्मेवारी बनाउदै नियमीत खबरदारी सहीत नियमीत संवाद, समाचार, सुचना, सन्देश मार्फत सचेतना जगाउने कार्य भईहरको उहाँले बताउनु भयो । हाल रेडियो रामारोशनलाई स्थानिय, प्रदेश सरकार, अछाम जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय, सामुदायिक सुचना नेटवर्क सिआईएन, उज्यालो नाईन्टी नेटवर्क, एनेन्टेना फाउन्डेशन नेपाल, ईक्वल एक्सेस नेपाल, म्याक्स मिडीया, बिबिस लगाएत थुप्रै क्षेत्रको सहयोग रहदै आएको छ ।

रेडियो रामारोशनले आज दिनभर आफनो बार्षिक उत्सवको अबसरमा कोरोनाभाईरसको संक्रमण तथा जोखिमका कारण कुनै औपचारिक कार्यक्रम गर्न नसकेतापनी आफना स्रोता, विज्ञापन दाता, कार्यक्रम प्रायोजक, शुबेच्छुक, सुभचिन्तकका सुझाव, सल्लाहलाई टेलिफोन मार्फत कुराकानी गर्दै कार्यक्रमको रुपमा प्रशारण गर्ने रेडियो ब्याबस्थापन पक्षले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.