दार्चुला-तिङ्कर सडकमा सेनाले काम सुरु गर्दै

भारत र चीनसँगको व्यापारमा सहज हुने

Purnima Mobile
Kirci Gyan Kendra

२८ भदौ, दार्चुलाः
दार्चुला-तिङ्करबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ। सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दैछ।

Samajik New Add 2082

नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको छ। निर्माण सामग्री ढुवानीमा केही ढिलाइ भएको हुँदा केही दिनभित्रै तीव्रगतिमा निर्माणको काम अघि बढ्ने नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।

Mellekh RM1

अहिले निर्माणस्थलमा नेपाली सेना खटिसकेको जनाइएको छ। केही दिनअघि मात्रै नेपाली सेनाको हेलिकप्टरले निर्माण सामग्री सडक निर्माणस्थलमा पुर्‍याएको छ। मालका स्थानीय नरेन्द्रसिंह धामीका अनुसार अहिले १५/२० जना सैनिकले मालको ठण्डा ओडारबाट निर्माणकार्य सुरु गर्दैछन्। सडक निर्माणमा प्रयोग हुने सामग्री मालको कोठेधार, सेकनाडी मालमा हेलिकप्टरमार्फत छाडिएको छ। स्थानीयवासीका अनुसार आगामी असोज १ गतेदेखि स्थानीय श्रमिक पनि नेपाली सेनासँगै काममा लगाउने तयारी गरिएको छ।

Saud Agro Kailash

विसं २०६५ मा स्वीकृत भएको सो सडक निर्माणले हालसम्म गति लिन सकेको छैन। महाकाली लोकमार्ग, महाकाली करिडोरअन्तर्गत पर्ने उक्त सडक निर्माण सुरु भएको १३ वर्ष भइसकेको छ। यो अवधिमा ४३ किलोमिटर हाराहारीमा सडक निर्माणको ट्र्याक खुलाइएको छ। सदरमुकाम खलङ्गादेखि १३० किलोमिटर लम्बाइको रहेको सो सडक खण्डको ४३ किलोमिटर सडक विभाग आफैले बनाउँदै छ भने बाँकी ८७ किलोमिटर नेपाली सेनाले बनाउने भएको हो।

यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने बताइएको छ। दार्चुला-तिङ्कर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज हुने छ। चीनसँगको सीधा व्यापार गर्न सहज हुने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्ना बताउछन्। “विगतमा यो क्षेत्रमा घोरेटो बाटो भएर चीनबाट समान आयात हुन्थ्यो”, उनले भने, “अहिले घोरेटो बाटो नै अवरुद्व भएपछि चीनसँगको व्यापार घटेको छ।”

व्यासका बासिन्दा बिमल बोहराका अनुसार चीनले अहिले नेपाल-चीन सीमा रहेको पिलर नं १ नजिकै चीनले आफ्नो भूभागमा सडक निर्माण गरेको छ। नेपाल सरकारले पनि समयमै तिङ्करसम्म सडक पुर्‍याएको यहाँको व्यापार फस्टाउने छ। चालू आवदेखि सो खण्डमा तीव्रताका साथ काम अघि बढ्ने सैनिक प्रवक्ता पौडेल बताउँछन्। सो सडकको करिब ३० किलोमिटर क्षेत्र उत्तराखण्डसँगको सिमाना नजिकै छ। सेनाले सडक निर्मााणका लागि चाहिने विष्फोटक पदार्थ, कम्प्रेसरलगायतका समान ढुवानी गर्दैछ। “आशा छ, अब काम तीव्र रुपमा अघि बढ्छ”, पौडेलले भने।

महाकाली लोकमार्गअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको तिङ्कर जोडिँदैछ। यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने छ। सरकारले गत २०७७ वैशाख २४ गते मन्त्रिपरिषद्को निणर्यअनुसार यो सडकको काम नेपाली सेनामार्फत गराउने निणर्य गरेको हो। सडक निर्माणका लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुई क्याम्प राखेको छ। सडक निर्माणका लागि सेनाको विकास निर्माण निर्देशनालयको सैनिक टोली खटिएको छ।

 

-दिनेशखबरबाट

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.