Mat

गायिका राधा रावलको दोस्रो देउडा गित “बगैचाकि फुल” सार्वजनिक भिडियो सहित

Sahil
Small Mat

देउडा गायिका राधा रावलको दोस्रो देउडा गित “बगैचाकि फुल” गित सार्वजनिक भएको छ । केही दिन पहिले मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुको विभिन्न स्थान छायांकन गरिएको गित देउडा गायक ध्वज महराको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

मंगलसेन नगरपालिका वडा नम्बर १० जुपु घर भएकि गायिका राधा रावल र देउडा गायक ध्वज महराले स्वर दिएका छन ।
राधा राबलले आफै शब्द लेख्नु भएको गितमा मोडलको भुमिका जनक साउद”सात्याउ” र अक्षेता रावलले निर्वाह गरेका छन । माया प्रिति सम्बन्धि गितको निर्देशन सुरेन्द्र संगम “डोट्याल बड्डोले गरेका हुन भने छायांकन अमित बिकले गर्नु भएको हो ।

यसअघि गायिका राधा रावलको पहिलो देउडा कोशेलिको रुपमा गायक नरेन्द्र रावल राधेन रावलको स्वरमा “भईन जीवन साथि” देउडा गित सार्वजनिक भईसकेको छ ।

देउडा गित “बगैचाकि फुल” गितको पुरै भिडियो हेर्नका लागि तलको लिकं खोलेर हेर्नुहोला ।https://youtu.be/Ru4KQuPSs10

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.