राष्ट्रिय जनगणना २०७८ का लागि अछाममा ८२ जना सुपरिवेक्षकलाई तालिम

अछाम २८ भदौ ।

Samajik New Add 2082

राष्ट्रिय जनगणना २०७८ मा खटिने सुपरिवेक्षकका लागि जनगणना सम्वन्धि तालिम मंगलसेनमा सम्पन्न भएको छ । “मैरो गणना मेरो सहभागिता” भन्ने मुल नारा का साथ भदौ २७ बाट सुरु भएको तालिमको एक कार्यक्रमका विच समापन गरिएको हो ।

जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल को अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला स्तरीय जनगणना सहजिकरण समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुवँर प्रमुख अतिथी रहनुभएको थियो । अन्य अतिथिमा जिल्ला जनगणना समन्वय समिति सदस्य एवं प्रहरी नायब उपरिक्षक तुलसीराम अर्याल, अछाम बहुमुखु क्याम्पसका प्रमुख छत्र बहादुर विष्ट, जिल्ला जनगणना अधिकारी प्रकाश विष्ट रहनुभएको थियो ।

तालिम पछि सामुहिक तस्बिर खिचाउदै जनगणना सुपरिवेक्षकहरु ।

कार्यक्रममा विनायक स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी ललित बहादुर बुढा, साफेबगर स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी शंकर थापा, तुर्माखाद स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी टेक बहादुर साउद, मंगलसेन स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी लक्ष्मण बहादुर शाहीको उपस्थिति रहेको थियो ।

जनगणना कार्यमा खटिने ८२ जना सुपरिवेक्षकहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला जनगणना अधिकारी प्रकाश बिष्टले जनगणना कार्य सम्बन्धी भनाई राख्नुभएको थियो भने कार्यक्रमको संचालन सहायक जनगणना अधिकारी एकेन्द्र बोगटीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.