बैतडीको मल्लादेहीमा भूगर्भ विभागले थाल्यो फलाम अन्वेषण
महेन्द्रनगर ।
खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ । विभागको टोलीले मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो ।
विभागका महानिर्देशक रामप्रसाद घिमिरेले फलाम रहेको सम्भावित क्षेत्रको अध्ययन गरी ‘म्यापिङ’को कार्य अगाडि बढाएको बताए । ‘ठूलो क्षेत्रफलमा अध्ययन गरेर क्रमशः सानो क्षेत्रफलको अध्ययन गर्ने छौँ,’ उनले भने । विभागले एक महिनाको फलामको भू–भौतिक अध्ययनका लागि जनशक्तिसमेत खटाइसकेको छ ।
बैतडी बाहेक बिभागले संखुवासभाको लोहाकोटमा पनि ५० वर्ग किलोमिटर क्षेत्रमा फलाम खानीको अन्बेषण गर्ने जनाएको छ । विभागले काभ्रेपलाञ्चोकको फोस्रेडाँडामा ग्रेनाइटको अध्ययन एवम् ‘ड्रिलिङ’ को कार्यसमेत गरिरहेको छ । महानिर्देशक घिमिरेका अनुसार सिन्धुलीको पहाड तथा कैलालीको खोलामा पाइने ढुंगाको समेत अध्ययन गरिएको छ ।
-simarikhaonline