मेल्लेख गाउँपालिकामा १५ शैयाको अस्पताल उद्धाटन

अछाम :

जिल्लाको मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन गरिएको छ। सोमबार मेल्लेख गाउँपालिका -५ बिन्धेबासीनीको चौखुट्टेमा १५ शैयाको आधारभुत अस्पतालको उद्घाटन गरिएको हो ।

Everest Incitute

मेल्लेख गाउँपालिकाका नागरिकलाई आधाभूत स्वास्थ्य सेवाका लागि गाउँपालिका बाहिर जानुपर्ने अवस्थाको अन्य गर्ने उदेश्यले अस्पतालको स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताए ।

१ करोड ११ लाख २० हजारको लागतमा भौतिक संरचनाको निर्माण र ४२ लाखको लागतमा उपकरण सहित कुल १ करोड ५३ लाख २० हजारको लागतमा आधारभूत अस्पतालको उद्घाटन गरिएको गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहीको भनाई छ ।

हाल आधारभुत अस्पतालमा भिडियो एक्सरे, एक्सरे, अक्सिजन कन्सन्टेटर, १८ ओटा अक्सिजन सिलिन्डर, ल्याव, १२ ओटा बेड सहित अन्य स्वास्थ्य सामाग्री समेत राखिएको छ ।

 

-Ramaroshantodya

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.