मेल्लेख गाउँपालिकामा बन्यो भब्य प्रशासनिक भवन

अध्यक्ष बोहराले गरे उद्घाटन

Purnima Mobile
Samajik Bal biwaha

अछाम, २८ भदौ ।

Mangala Bharna

मेल्लेख गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरेको छ । नवनिर्मित भवनको सोमबार गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले एक समारोहका विच उदघाटन गर्नुभएको हो ।

Mellekh RM1

भवन उदघाटन गर्दै गाउँपालिका अध्यक्ष बोहराले निर्वाचित भएको बेला र अहिलेको अवस्थालाई आम जनाताले बुझिदिन आग्रह गर्नुभयो । गाउँपालिकाले सधैंव आम नागरिकको सेवामा लागिएको र आम नागरिककले समेत चासो राख्नुपर्ने बताउनुभयो ।

भवनको औपचारीक उदघाटन गरिदै
Saud Agro Kailash

प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज तथा प्रविधिमैत्री हुने मेल्लेख अध्यक्ष बोहराको विश्वास छ ।

मेल्लेख गाउँपालिकाले सधै समृद्धिका सपना देख्ने गरेको र ती सपनाहरुलाई पछ्याएर अघि बढिरहेको बोहराले बताउनुभयो । उहाँले आगामी दशैं सम्म मेल्लेख गाउँपालिकाको वडा नं १, २ र ३ मा कुटिल उघोग स्थापना गरिसक्ने प्रतिबद्दता जनाउनुभयो ।

साढे दुई तले प्रशासनिक भवन निर्माणका लागि २ करोड १५ लाख लागत लागेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिर्घ खड्काले बताउनुभयो । गाउँपालिकाका सबै सेवाहरु अव नयाँ  भवनबाट संचालन गरिने छन ।

भवनको उदघाटन संगै गाउँपालिकामा सूचना प्रविधि केन्द्रको समेत उद्धाटन गरिएको छ। सबैले मेल्लेख सूचना प्रबिधि केन्द्रबाट गाउँपालिकाबाट गरेका गतिविधि हेर्न सकीने सूचना प्रबिधि अधिकृत चन्द्र प्रकाश साउदले जानकारी दिनुभयो ।

 

-Nirakarankhabar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.