नेकपा(एमाले) रामारोशन गाउँपालीका र मंगलसेन नगरपालिका काठमाडौ सम्पर्क मन्च गठन

नेकपा एमालेले पालिका स्तरिय अछाम काठमाण्डौ सम्पर्क मञ्चहरु गठन कार्य थालेको छ । नेकपा(एमाले) अछाम-काठमाडौ सम्पर्क मन्चले पार्टीको निर्देशन र आसन्न निर्वाचन लाई मध्यनजर गर्दै पालीका स्तरीय सम्पर्क मन्चहरु गठन कार्य सुरु गरेको हो ।

मञ्च गठनका क्रममा बुधवारका रामारोशन गाउँपालीका र मंगलसेन नगरपालिका काठमाडौ सम्पर्क मन्चहरु गठन गरिएको छ । मिनभवन स्थीत नेपाल कमर्श क्याम्पसमा सम्पन्न भेलाले हिक्मत बटालाको अध्यक्षतामा २१ सदस्यीय रामारोशन गाउँपालीका-काठमाडौ सम्पर्क मन्च तथा सुनिल भन्डारीको अध्यक्षतामा १० सदस्यीय मंगलसेन नगरपालिका-काठमाडौ सम्पर्क मन्च सर्वसम्मत निर्वाचित गरेको छ ।

नेकपा(एमाले) का केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेकपा(एमाले) अछाम-काठमाडौ सम्पर्क मन्चका उपाध्यक्ष दिपेन्द्र खत्रीले गर्नुभएको थियो ।

Mangala School 2081 subhakamana

कार्यक्रममा अतिथिका रुपमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका सदस्य तथा अछाम-काठमाडौ सम्पर्क मन्चका सह ईन्चार्ज सत्य कुँवर रावल, सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका सदस्य रुपेश साउद, कमल विष्ट, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य डिप्लब साउद लगायत रहनुभएको थियो ।

अछाम-काठमाडौ सम्पर्क मन्चका सह-सचिव रमेश भन्डारीले सन्चालन गर्नुभएको कार्यक्रममा सम्पर्क मन्चका सदस्यहरु पदम भण्डारी, केशर विष्ट, धर्म न्यौपाने, ओम बिक्रम विष्ट,  दिपक भन्डारी, मुक्तिनाथ बोहोरा, खेमराज भन्डारी लगायतको उपस्थीती रहेको थियो ।

रामारोशन गाउँपालीका-काठमाडौ सम्पर्क मन्चको अन्य पदाधिकारीमा उपाध्यक्ष शर्मीला साउद, तपेन्द्र परियार, सचिव पारस चन्द बटाला, सह-सचिव बिन्द्रा साउद, केशर चन्द बटाला, कोषाध्यक्ष लक्ष्मी साउद लगायत अन्य सदस्य रहनुभएको छ ।

यस्तै , मंगलसेन नगरपालिका-काठमाडौ सम्पर्क मन्चका अन्य पदाधिकारीमा सचिव रोहित बोहरा, सह-सचिव प्रेम नेपाली, गणेश ढुंगाना लगायत अन्य सदस्य रहनुभएको छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.