मेलमिलापकर्ताका लागि ३ दिने पुर्नताजगी तालिम मंगलसेनमा सम्पन्न

Kirci Gyan Kendra

मेलमिलापकर्ताहरुका लागि ३ दिने पुर्नताजगी तालिम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । मंगलसेन नगरपालिका न्यायीक समितिकाे आयाेजना तथा प्राकृतिक श्राेत द्वन्द्व रुपान्तरण केन्द्रकाे सहजपकरणमा ‘दिगाे शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ तालिम सम्पन्न भएको हो ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयाेजक सरिता उपाध्यायकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा नगरप्रमुख पदम बहादुर बाेहरा प्रमुख अतिथि रहनुभएकाे थियाे ।

Saud Agro Kailash

कार्यक्रममा बाेल्दै नगर प्रमुख बाेहराले मेलमिलाप कर्ताहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै गाउँ समाजकाे सेवा गर्न आग्रह गर्नुभयाे । सामाजिक रुपमा हुने ससाना बिवाद समाधान गर्दै शान्त समाज निर्माणका लागि मेलमिलापकर्ताकाे भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद उपाध्याय, वडानम्वर ३ का अध्यक्ष तथा न्यायीक समिति सदस्य पदमसिंह भाट, सूचना अधिकारी बिष्णुप्रसाद जैशी, प्राकृतिक श्राेत द्वन्द्व रुपान्तरण केन्द्र कैलालीका श्राेतव्यक्ति नेत्र प्रसाद खनाल, प्राकृतिक श्राेत द्वन्द्व रुपान्तरण केन्द्र अछामका श्राेत व्यक्ति टंक भण्डारी, पत्रकार नरेन्द्र रावल र शिवराज ढुंगाना अतिथि रहनु भएकाे थियाे ।

नगरपालिकाका विभिन्न वडाका मेलमिलापकर्ताहरुकाे सहभागीता रहेकाे कार्यक्रमकाे संचालन न्यायीक समितिका उजुरी प्रशासक नरेश बहादुर कठायतले गर्नुभएको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.