साफेबगर नगरपालिकाद्धारा गर्भवतीसँग नगर उपप्रमुख कोशेली कार्यक्रम सुरु

साँफेबगर नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कोशेली कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख बिर्मला देवि बुड्थापाले जानकारी दिनुभयो। कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुर्‍याउनुपर्ने कुराबारे चेतना फैलाउने उहाँको भनाई रहेको छ ।

Samajik New Add 2082

कार्यक्रम अन्र्तगत आज वडा नं २ को जाल्पादेविको वडा कार्यालयमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरी गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रमको सुरुवात गरिएको छ। १० जना गर्भवतीलाई कोशेली वितरण गरिएको छ ।

उक्त कार्यक्रम साँफेबगर नगरपालिकाले अघिल्लो वर्षबाट सुरुवात गरेको हो । यो वर्ष गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रमको सुरुवात जाल्पादेविबाट गरिएको नगर उपप्रमुख बुड्थापाले जानकारी दिनुभयो । उक्त कार्यक्रम नगरका १४ वटै वडामा सन्चान गरिने जनाएको छ ।

गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम अन्तरगत १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, माक्स, नुन वितरण गरिएको नगरपालिकाको पशु शाखाका प्रमुख पदम थापाले जानकारी दिनुभयो । नगरवासीको स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन निःशुल्क क्याल्सियम र पौष्टिक आहार प्रदान गरिएको नगर उपप्रमुख बुड्थापाको भनाई रहेको छ ।

उहाँले भौतिक निर्माण मात्र विकास होइन, महिला र शिशुको स्वस्थ्य सुधार गर्नु पनि विकास हो भन्ने मान्यतासाथ यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपप्रमुख बुड्थापाले कार्यक्रमबाट लाभ लिन सम्पूर्ण गर्भवतीलाई आग्रह गर्नुभयो ।

नियमित ४ पटक सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनेलाई पौष्टिक आहार दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख पुष्प बुढाको भनाई रहेको छ ।

गर्भवतीसँग नगर उपप्रमुख कोशेली कार्यक्रममा वडा नं २ को जाल्पादेविका वडा अध्यक्ष कालू सिंह कुँवर, कार्यपालिका सदस्य जित बहादुर निशानी, सामाजिक विकास सुरक्षा शाखाका प्रमुख देवसरा थापा, खानेपानी सरसफाई शाखा प्रमुख कर्ण कुँवर, श्रीकोट स्वास्थ चौकिका युवराज कुँवर,नेपाल पत्रकार महासंघ सुदुरपश्चिम् सदस्य तपेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो।वडा सदस्य तुले भुलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन पशु शाखाका प्रमुख पदम थापाले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.