एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

Purnima Mobile
Samajik Bal biwaha

५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो ।

Mangala Bharna
Saud Agro Kailash

शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो ।

Mellekh RM1

बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । त्यसैले आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुनसक्ने अनुमान छ ।अनलाईनखबर

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.