कुन्ति मावि सुवाखादमा बिद्यालय पुन: संचालन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम

सिकेका कुरालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सामाजिक विकास समिति संयजक धामीको आग्रह

Purnima Mobile
Kirci Gyan Kendra

खानेपानी सरसफाइ तथा स्वच्छता (वास) क्रियाकलापहरु जनस्वास्थ्य केन्द्रीत बिद्यालय पुन: संचालन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम कुन्ति मावि सुवाखादमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजना र वडा नम्वर १ र २ का सबै विद्यालयको सहभागितामा कार्यक्रम गरिएको हाे ।

Samajik New Add 2082

अभिमुखिकरणमा कोभिड १९ का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव र बिद्यालयहरुलाई के कसरी निसंक्रमण गर्न सकिन्छ भन्नेबारे छलफल गरिनुका साथै स्वास्थ्य सरसफाई र सरसफाई सूचकहरुबारे जानकारी गराईएको थियो । यस्तै क्लोरिन झोल बनाउने र त्यसको प्रयोग बिधिबारे पनि जानकारी गराईएको छ ।

Mellekh RM1

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण बहादुर रानाकाे अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा मंगलसेन नगरपालिका सामाजिक विकास समिति संयाेजक तथा वडानम्वर ४ का अध्यक्ष पदम बहादुर धामी प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि धामीले स्वास्थ्य र सरसफाईबारे अभिमुखिकरण कार्यक्रमबाट सिकेका कुरालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सहभागीलाई आग्रह गर्नुभयो । शिक्षा क्षेत्र राम्रो भए मात्रै समुन्नत समाज निर्माण हुने बताउँदै उहाले सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

विशिष्ट अतिथिमा वडानम्वर १ का अध्यक्ष गाेपाल थापा रहनुभएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्दै शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले बिद्यालयलाई निसंक्रमणकाे लागि ब्लिचिङ पाउडरबाट क्लाेरिन झाेल बनाउने विधिबारे प्रयोगात्मक कक्षा लिई सहभागीहरुबाट सीप परिक्षण समेत गराउनुभएको थियो । सो अवसरमा उहाँले विद्यालयहरुमा आगामी दिनमा शैक्षीक गुणस्तर अभिबृद्धिका लागि सघन रुपमा कार्यक्रम संचालन गरिने बताउदै शिक्षक, विद्यार्थि र अभिभावक तथा सरोकारवाला जिम्मेवार भई अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

Saud Agro Kailash

कार्यक्रममा सबै विद्यालय व्यवस्थापन समिति अध्यक्षको तर्फबाट मालिका आधारभूत विद्यालयका विव्यस अध्यक्ष मिनराज नाथ र सबै शिक्षक अभिभावक संघका अध्यक्षहरुको तर्फबाट कुन्ति माविका शिक्षक अभिभावक संघ अध्यक्ष होम बहादुर साउदले मन्तव्य राख्नुभएको थियो । सोहि कार्यक्रमका अवसरमा नगरपालिकाका मामला व्यवस्थापक तथा मनोविमर्श कर्ता लिला थापाले मनोसामाजिक समस्याबारे संक्षीप्त जानकारी गराउनुभएको थियो ।

अभिमुखिकरणमा कुन्ति माविका प्रधानाध्यापक मदन बहादुर बोगटी सहित वडानम्वर १ र २ का विभिन्न विद्यालयका प्रधानाध्यापक, विव्यस अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र कार्यालय सहयोगीहरुको सहभागीता रहेक थियो । कार्यक्रमको संचालन नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक दिपक बहादुर भण्डारीले गर्नुभएको थियो ।

कोभिड १९ र अन्य सरुवा रोगहरुको रोकथामका लागि ज्ञानसीप अभिबृद्धि गर्ने उद्येश्यले आयोजित सो कार्यक्रममा सहभागी सबै ५ वटा विद्यालयहरुलाई प्रति विद्यालय बाल्टी २/२ थान, जर्किन १/१ थान, पोछा १/१ थान, मास्क ४०० पिस, ग्लोभ्स ५० जोडा, ब्लिचिङ्ग पाउडर २/२ के जी वितरण गरिएको छ । यस्तै टाबेल १/१ थान, साबुन १/१ दर्जन, स्यानिटाइजर, एप्रोन, फ्लास ब्यानरहरु र मग समेत हस्तान्तरण गरिएको थियो ।

अभिमुखिकरण कार्यक्रमका केहि तस्बिरहरुः

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.