निर्वाचन संचालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया सम्पन्न

आगामि बैसाख ३० गते हुने स्थानिय तहको चुनावलाई स्वच्छ, निस्पष्क्ष, भयरहित बातावरण सब्य रुपमा सफल बनाउन सराेकारवाा प्रतिबद्व

चक्र प्रसाद जैशी, अछाम, ६ फागुन :

निर्वाचन संचालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार आज मंगलसेनमा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले आगामि बैसाख ३० गते हुने स्थानिय तहको चुनावलाई स्वच्छ, निस्पष्क्ष, भयरहित बातावरण सब्य रुपमा सफल बनाउन आफुहरु प्रतिबद्व रहेकोे बताएका छन । छैठौं निर्वाचन दिवस २०७८ को अवसरमा निर्वाचनमा सबै सँधै सँगै भन्ने नाराका साथ अछाममा पनि मनाईएको छ ।

जिल्ला निर्वाचन कार्यालय अछामको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता अछामका प्रमुख जिल्ला अधिकार विश्व राज मरासिनीले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अथिती जिल्ला समुन्व समिति अछामका प्रमुख नर बहादुर कुवँर रहनु भएको थियो ।

जिल्ला निर्वाचन अधिकारी कृष्ण सिंह नायकले स्थानीय तहको चुनावलाई मध्यनजर गदै निर्वाचन आयोगले आफ्ना दैनिक काम अगाडी बढाइरहेको बताउनुभयो । उहाँका अनुसार अछाममा १ लाख ५७ हजार ८ सय ९ मतदाता रहेको  बताउदै यही फागुन १९ गते देखी २६ गते सम्म  दाबी बिरोध तथा नाम सच्याउने कार्यक्रम सुरु गर्ने बताउनुभयो ।

अछाममा अहिले २ सय ११ वटा मतदान केन्द्र रहेको जानकारी दिनुभयो । अछाम जिल्लामा २०७४ सालमा १ सय २९ मतदान स्थल रहेकोमा अहिले १ मतदान स्थल थपिएर जिल्लामा १ सय ३० मतदान केन्द्र पुगेको उहाँले बताउनुभयो । अब आयोगले अगाडी सारेका कार्यक्रम अनुसार अघी बढ्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अथिती कुवँरले निर्वाचनलाई निष्पक्ष रुपमा सफल बनाउन आफु प्रतीबद्ध रहेको भन्दै सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रमका अध्यक्षय तथा प्रमुख जिल्ला अधिकारी मरासेनीले प्रजातन्त्रको मुल मर्म संबिधान भएको बताउदै जनप्रतीनीधीले जनातकोे मन जितेरे जनप्रतीनीधी बनाउने संस्था नै निर्वाचन भएकाले निर्वाचनमा सबै सहभागी हुन आग्रह गर्नु भएको छ । सबैको सहभागीता, सहयोग र समुन्वयबाट मात्रै स्वतन्त्र, निष्पक्ष नियम सम्बद निर्वाचन गर्न सक्षम हुने भन्दै सबै मिलेर सफल बनाउनुपर्ने उहाँको जोड छ ।

यस्तै कार्यक्रमका विशिष्ट अथिति मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादु बोहरा रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रमा उहाँले निर्वाचनलाइ सब्य र सफल बनाउन लागी आफुहरु प्रतीबद्ध रहेको बताउदै समपुर्ण राजनितीक दल, जनप्रतीनीधी, नगरीक समाज र सबै बुद्धीजीहरुले चुनावलाई सफल बनाउनको लागी सबैको सहयोग र भुमिकाले मात्रै निर्वाचनलाइ सफल हुने उहाँको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकार मरासिनी, जिल्ला समुन्व समिति अछामका प्रमुख कुवँर, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख रविराज थपलीया, भवानी बक्सगणका प्रमुख सेनानी नर बहादुर सुबेदी, विभिन्न राजनीतीक दलका प्रमुख एवं प्रतीनीधी, बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतीनीधी, पत्रकार लगाएतको उपस्थीती रहेको कार्यक्रमको संचालन जिल्ला निर्वाचन कार्यालय अछामका सुचना अधिकारी गजेन्द्र प्रकाश थारुले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.