धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा निरज गिरी

Samajik Bal biwaha

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको नेतृत्व कार्यकारी निर्देशक निरज गिरीलाई दिएको छ । मन्त्रालयले बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेको अवस्थामा बोर्डको जिम्मेवारी गिरीलाई दिएको हो ।

Mangalsen Mun Anurodh

सर्वोत्तम सिमेन्ट खरिद प्रकरणमा मुछिएपछि त्यससम्बन्धी छानबिन गर्न मन्त्रिपरिषद्ले समिति गठन गरेसँगै ढुंगाना निलम्बनमा परेका थिए । ढुंगाना निलम्बनमा परेको दुई सातापछि बोर्डको जिम्मेवारी गिरीले सम्हाल्ने भएका हुन् ।

मन्त्रालयले जिम्मेवारी दिएपछि गिरीले बोर्डको दैनिक प्रशासनसँगै बोर्ड बैठक समेत बोलाउन सक्नेछन् । बोर्डका अध्यक्ष हटेको अवस्थामा वरिष्ठ कर्मचारीलाई नै नेतृत्वको जिम्मेवारी दिने व्यवस्थाअनुरुप मन्त्रालयले गिरीलाई जिम्मेवारी दिएका हुन् ।

 

 

-रातोपाटी

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.