मंगलसेन नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई ५ लाख सहयोग

Purnima Mobile
Samajik Bal biwaha

अछामः

Mangala Bharna

मंगलसेन नगरपालिकाले बयालपाटा अस्पताललाई ५ लाख रुपयाँ आर्थिक सहयोग गरेको छ । नगरप्रमुख पदम बहादुर बोहराले बयालपाटा अस्पतालमै पुगेर ५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

Mellekh RM1
Saud Agro Kailash

आर्थिक बर्ष २०७८/०७९ मा बिनियोजिन गरिएको ५ लाखको चेक नगर प्रमुख बोहराले बयालपाटा अस्पतालका बित्त प्रमुख रामराज खकुरेललाई हस्तान्त्ररण गर्नुभएको थियो । अस्पतालको संचालन र व्यावस्थापनमा सहयोग पुग्ने गरि नगरले बिनियोजित गरे अनुसारको रकम सहयोग गरिएको नगर प्रमुख बोहराले बताउनुभयो  ।

बयालपाटा असपतालले यस क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै नगर प्रमुख बोहराले सेवामा कमी हुन नदिन नगरले सहयोग गरेको उल्लेख गर्नुभयो ।

आगामी दिनमा समेत नगरको तर्फबाट सहयोग रहने नगरप्रमुख बोहराको भनाई छ । अछाममा २ अस्पताल संचालनमा रहेकाले दुबै अस्पतालको सेवालाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.