अछाममा मोटरसाइकल दुर्घटना

अछाममा मोटरसाइकल दुर्घटना भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकाको कनीगाडबाट असारा तिर गइरहेको मोटरसाइकल अनियन्त्रीत भई सोमबार आज दिउँसो ३ बजे दुर्घटना भएको हो ।

Everest Incitute

गाउँपालिकाको वडा नम्बर ३ रिन्दाका पदम बहादुर बुढाका ३० बर्षिय छोरा उपेन्द्र बहादुर बुढाले चलाएको कर्णाली प्रदेश ०२–००१ प ८७५३ नम्बरको मोटरसाईकल कनिगाडबाट असारा जाने क्रममा आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख रविराज थपलियाले बताउनु भयो ।

मोटरसाईकल चालक बुढा भने सकुसल रहेको प्रहरी चौकी भैरवस्थानले जानकारी दिएको छ । प्रहरी चौकी भैरवस्थानका अनुसार उक्त मोटरसाईकल सडकबाट २ सय मिटर तल कर्णालि नदीमा खसेको र प्रहरी चौकी भैरवस्थानबाट प्रहरी सहायक निरीक्षक पुष्कर बिष्टको कमाण्डमा ३ जनाको टोलि खटीएको प्रहरी प्रमुख थपलियाले बताए ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.