बडासैनमा प्रथम मेयर कप फुटबल प्रतियोगिताको उदघाटन

भवानी ढुगांना बयालपाटा:
साफेबगर नगरपालिका ७ रिडिकोट बडासैन खेल मैदानमा प्रथम जिल्ला स्तरिय मेयर कप फुटबल प्रतियोगितामाको उदघाटन गरिएको छ । नौमुठे युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवरले उदघाटन गर्नु भएको हो ।

Samajik New Add 2082

प्रमुख अतिथि कुवरले खेल क्षेत्रमा जहिले पनि नगरले लगानि गर्दै आएको बताउनु भयो । क्रिकेट, भलिबल, फुटवल लगाएतका प्रतियोगिता नगरले बर्सेनि गर्दै आएको बताउनुभयो । खेल क्षेत्रले राष्ट्रलाई चिनाउने भएकाले अनुशासित भएर खेल भावनालाई बुझि अघि बढन आग्रह गर्नु भयो ।

क्लबका अध्यक्ष धिरज बोगटीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेपाली काग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार, नेकपा एमाले नगरकमिटि सचिवालय सदस्य भिम बहादुर रावल, नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सचिवालय सदस्य लोचन मोहन स्वार, साँफेबगर नगरपालिका वडा नम्बर ३ मन अध्यक्ष कृष्णबहादुर बुढा, ६ का अध्यक्ष प्रेमराज शर्मा, ७ मा अध्यक्ष मिठु भाट रोकारवालाको सहभागीता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ सहित मेडल र प्रमाणपत्र हात पार्ने छ । प्रतियोगितामा ७ वटा टिमले सहभागीता जनाएका छन ।

Leave A Reply

Your email address will not be published.