रेडियो रामारोशनका कार्यकारी निर्देशक बुढालाई मातृ शोक

रेडियो रामारोशनका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढालाई मातृ शोक परेको छ । प्रेस चौतारी नेपालका सुदुरपश्चिम प्रदेश समिति सचिव समेत रहेका बुढाकी आमा अमृता देवि बुढाको ६४ बर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि दम रोगले ग्रस्त बुढाको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उपचारको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा बुधबार आज बेलुकि ६ बजे कमलबजारमा निधन भएको हो ।
उहाँका कान्छा छोरा ललित बुढा समेत विद्यार्थी राजनितीमा सक्रिय रहेका छन । मृतको बुढाको अन्तिम दाहासस्कार भोलि गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको निधनमा रेडियो रामारोशनका अध्यक्ष वेदप्रकाश तिमिल्सैना, पुर्व अध्यक्ष एकिन्द्र कुमार कुवर, स्टेसन म्यानेजर चन्द्र बहादुर थापा लगाएत सम्पुर्ण पत्रकारले सामाजिक संजाल मार्फत समवेदना ब्यक्त गरेका छन ।
