‘तपाईँको लागि ज्यान दिन्छु भन्ने अनुहार अहिले सम्झिरहेको छु’ -रावल

Kirci Gyan Kendra

धनगढी :

Samajik New Add 2082

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले १० बुँदे सहमति भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै तुक नभएको बताएका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन्।

Saud Agro Kailash

उनले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप लगाए। माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा गएका सुदूरपश्चिमका नेताहरुलाई इंकित गर्दै रावलले भने, ‘म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु। यो धर्ती पल्टेला कमरेड तर तपाइँको साथ छाड्दैनौँ भन्थे। तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे।’

उनले पार्टी छाडेर जाने स्वार्थी भएको आरोप लगाए। रावलले सम्पूर्ण नेता–कार्यकर्ताको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्ने कर्तव्य रहेको बताए। ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो,’ उनले भने, ‘१० बुँदे कार्यान्वयनको अर्थ एमाले २०७५ जेठ २ को अवस्थामा जानु हो।’
उनले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको बताउँदै आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियलमा रहेको बताए। ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरि कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन,’ रावलले भने। एमाले सुदूरपश्चिमको इन्चार्जको विषयमा उपाध्यक्ष रावल र नेता लेखराज भट्टबीच विवाद चलिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए।

 

 

-दिनेशखबर

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.