बडासैनमा जारी फुटबल प्रतियोगितामा सेमिफाइनल पुग्ने ४ टिमको टुङ्गो लाग्यो

Samajik Bal biwaha

जिल्लाको बडासैन खेलमैदान रिडिकोटमा जारी अछामकै सबै भन्दा ठुलो धनराशीको फुटलबल प्रतियोगितामा आज लिग चरणका खेल सकिएका छन् । आज लिग चरणका खेल ४ वटा खेल सकिए संगै भोली सेमीफाईनलका खेल हुने आयोजक नौमुठे युवा क्लबले जनाएको छ ।

Mangalsen Mun Anurodh

४ वटा टिम सेमीफाईलनमा प्रबेश गरेका छन् । आयोजक नौमुठे युवा क्लब, बल्याक एज्ञ्जल साँफेबगर, जनकल्याण र साँफेबगर युवा क्लब सेमीफाईनलमा प्रबेश गरेका हुन् ।

जयगढ र जलकल्याण बिच भएको लिग चरणको पहिलो खेलमा १ शुन्यले जनकल्याण बिजयी भयो । साँफेबगर युवा क्लब र आयोजक नौमुठे क्लब बिच भएको दोश्रो खेलमा आयोजक २ शुन्यले बिजयी भयो ।
ब्लयाक एञ्जल र जनकल्याण बिच भएको तेश्रो खेलमा बल्याक एञ्जल ३ शुन्यले बिजयी भयो भने लिग चरणको अन्तिम खेलमा बयालपाटा अस्पताललाई ४ गोलले पराजित गर्दै साँफेबगर युवा क्लब बिजयी भयो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.