नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि झरना रेग्मीलाई

काठमाडौंः

कैलाली टिकापुर स्थायी घर भई च्यासल, ललितपुर निवासी १९ वर्षिया झरना रेग्मी नेपाल्स नेक्स्ट सुपर मोडलको पाँचौं संस्करणको उपाधि विजेता बन्न सफल भएकी छिन् । बुधबार नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा संचालन भएको उक्त मोडल प्रतिस्पर्धामा झरनाले आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेकी थिइन् ।

उपाधि विजेता भएसंगै उनले माँ बंगलामुखी कन्ज्युमर कोपअरेटिभका तर्फबाट नगद पुरस्कार पच्चीस हजार रुपैया प्राप्त गरिन् भने केज फिटनेसका तर्फबाट चालीस हजार बराबरको फिटनेस प्याकेजका साथमा झरनाले इन्टरनेसनल टूरका लागि हवाई टिकट पनि प्राप्त गरेकी छिन् । प्रतियोगितामा झरनाले वेष्ट बडीको उपाधि पनि उचाल्न सफल भएकी थिइन् ।

प्रतियोगितामा सानागाउँ, लुभुकी विनी खड्गीले फस्ट रनर्स अप स्थानमा आफूलाई उभ्याउन सफल भइन् । उनले केएसजेको तर्फबाट नगद पुरस्कार दश हजार प्राप्त गरिन् भने केज फिटनेसका तर्फबाट तीस हजार बराबरको फिटनेस प्याकेज प्राप्त गरिन् साथमा विनीले आन्तरिक टुरका लागि हवाई टिकट पनि प्राप्त गरिन् ।

Mangala School 2081 subhakamana

प्रतियोगिताको सेकेन्ड रनर्स अप स्थानमा भने नक्साल काठमाडौंकी पालिजा मानन्धर विजेता चयन भइन् । उनले पुरस्कारका रुपमा केज फिटनेसका तर्फबाट बीस हजार बराबरको फिटनेस प्याकेज र आन्तरिक टूरका लागि हवाई टिकट प्राप्त गरिन् । पालिजाले प्रतियोगितामा वेष्ट वाक र अर्गनाइजर च्वाइसको अवार्ड पनि जित्न सफल भएकी थिइन् ।

आर एण्ड आर ग्रुपका लागि मन्जु श्रेष्ठले आयोजनाले गरेको यो प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य थिए । प्रतियोगितामा आईआईएफटी अटायर पार्टनर रहेको थियो भने ब्युटी गार्डेन ग्रुमिङ पार्टनर तथा पम्फाजु कुटर थीम पार्टनरका रुपमा रहेको थियो । प्रतियोगिताका अन्य उपाधिमा स्वीकृति भट्टराई मल्टिमिडिया, साइका भट्टराई फोटोजेनिक र पर्सनालिटी अवार्डतर्फ विजेता चयन गरिएका थिए ।

प्रतियोगिताको निर्णायकका रुपमा ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, फिटनेस प्रसिशक्षक पूजा बज्राचार्य, फिटनेस व्यवसायी उज्ज्वल कृष्ण श्रेष्ठ, कानून व्यवसायी लक्ष्मण महर्जन तथा आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पा रहेका थिए ।

-कलाकर्मीबाट साभार

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.