मेल्लेख ४ कुष्कोटमा कोरोना खोपको प्रगति समिक्षा

लाल बहादुर चदाराः

Samajik New Add 2082

कोभिड -१९ बिरुद्धको खोपको प्रगति समिक्षा र आगामी कार्ययोजना सम्बन्धि बैठक मेल्लेख गाउँपालिका ४ मा सम्पन्न भएको छ । वडा स्तरीय खोप समन्वय समितिको आयोजनामा कुस्कोट स्वास्थ्य चौकिमामा बैठक सम्पन्न भएको हो ।

 वडा अध्यक्ष तथा खोप समन्वय समिती अध्यक्ष बिर बहादुर साउदकाे अध्यक्षतामा सम्पन्न बैठकमा काेभिड बिरुद्धकाे खाेपकाे प्रगतिकाे समिक्षा गरिनुका साथै खाेप लगाउन बाकि रहेका नागरिकलाई पूर्ण खाेपकाे दायरामा ल्याउने बिषयमा छलफल गरिनुका साथै आगामि कार्ययोजना समेत तयार पारिएको छ ।

समिक्षा बैठकमा कुस्कोटका सम्पुर्ण सरोकारवाला, स्वास्थ्य स्वयंसेबिका, जनप्रतिनिधि, शिक्षक, न्याय हेल्थ नेपालका पर्तिनिधी, बाल क्लबका प्रतिनिधि, महिला प्रतिनिधि लगायत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

बैठकको संचालन स्वास्थ्य चौकी कुस्कोटका इन्चार्ज सिनियर अ हे ब नरेन्द्र रावलले गर्नु भयको थियो भने समिक्षा बैठककाे सहजीकरण सेबक नेपाल सुआहारा कार्यक्रमका सामुदायिक सहजकर्ता रुप बहादुर भुलले गर्नु भयको थियो ।

Leave A Reply

Your email address will not be published.