कर्णालीका निवर्तमान मुख्यमन्त्री शाही भन्छनः “सहकारी आजकाे अपरिहार्य आवश्यकता”

गतिशिल कृषि सहकारी संस्था रामारोशन ६ को ९ औं वार्षिक साधारणसभा सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

दल बहादुर साउदः

Samajik New Add 2082

कर्णाली प्रदेशका जिवर्तमान मुख्यमन्त्रीमहेन्द्र बहादुर शाहीले सहकारी आजकाे अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ । गतिशिल कृषि सहकारी संस्था रामाराेशन गाउँपालिका ६ भटाकाटीयाको ९ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिको आशनबाट बोल्दै शाहीले सो कुरा बताउनुभएको हो ।

Mellekh RM1

“गतिशिल कृषि सहकारी संस्था यहाँका स्थानीय जनताले क्रान्तिकारि चेतनाका साथ निर्माण गरेका छन्, शाहीले भन्नुभयो “याे सहकारीले छाेटाे समयमा धेरै राम्राे जनताकाे सेवामा काम गरिरहेको र प्रगती भएको देखेर असाध्यै शुखि लागेकाे छ ।”

Saud Agro Kailash

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदिय दलका नेता समेत रहेका शाहीले आफु रामारोशनमा विगत जनयुद्धकालमा स्थानीय जनतासग संगै रहेर क्रान्तिमा होमिएकोले पनि सहकारी मार्फत स्थानीयकाे प्रगति देख्दा मलाई गौरव महसुस भएको उल्लेख गर्नुभयो । याे सहकारिलाई अघि वढाउनकाे लागि आफ्नो सक्दो सहयाेग रहने भन्दै शाहीले आगामी दिनमा पनि सहकारिले यसरी नै प्रगतिका पाईला अगाडि वढाईरहोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

सहकारी संस्थाका लालसिंह परियारको अध्यक्षतामा भएको साधारणसभाको उदघाटन समारोहमा नेकपा माओवादी केन्द्रका युवा नेता दिपक साउद ‘तरंग’ विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रमका अन्य अतिथिमा रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य पहल साउद, रबिन्द्र साउद, जिल्ला समन्वय समिति अछामका सदस्य खकेन्द्र साउद, युवा नेता शुसिल साउद, कम्मान सिंह साउद, बम बहादुर साउद लगायत रहनुभएको थियो ।

सहकारीले हालसम्मको ४ करोड ७५ लाख बराबरको कारोबार गरेको र २० लाख नाफा आर्जन गरेको प्रतिवेदन सार्वजनीक गरिएको थियो । साधारणसभा उदघाटन समारोहको संचालन दलबहादुर साउदले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.