एमसीसी विरुद्ध नेकपाको प्रदर्शन र कोणसभा जयगढमा सम्पन्न

 विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि नेकपा अछामले राष्ट्रघाति सम्झौता एमसीसी खारेजि गर्नुपर्ने माग सहित जिल्लाको जयगढ बजारमा प्रदर्शन सहित कोणसभा गरेको छ ।

Samajik New Add 2082

प्रदर्शन पछि भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा अछामका सचिव तपेन्द्र तिमिल्सिनाले राष्टघाती एमसीसी सम्झौता खारेज गर्नुपर्ने बताउनु भयोे । जबसम्म पुर्णरुपमा एमसिसीको खारेज हुदैन तबसम्म सडक देखि सदनसम्म आन्दोलनलाई जारी राख्ने उहाले बताउनु भयो ।

पार्टीको केन्द्रीय सर्कुलर अनुसार एमसीसी विरुद्ध जिल्लाका विभिन्न स्थानीय तहमा कार्यक्रम निरन्तर जारी रहने नेकपा अछामका सचिवालय सदस्य निरक शाहिले जानकारी दिनु भयो ।

कोणसभालाई जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाही, निरक शाही, बिराट साउद, अखिल क्रान्तिकारी अछाम जिल्ला अध्यक्ष दिपेन्द्र जैगडि, अनेम संघ क्रान्तिकारीका जिल्ला संयोजक राजु चलाउने, युवा संगठन नेपाल अछामका सचीव कुमार क्षेत्री लगाएतले सम्बोधन गर्नु भयो ।

कार्यक्रमको संचालन बान्निगडी जयगड गाउपालिका इन्चार्ज विकास बिष्टले गर्नु भएको थियोे ।

Leave A Reply

Your email address will not be published.