कमलबजारमा मेयरकप खुुला पुुरुष भलिबल प्रतियोगिता हुुने

सुुबाश अधिकारी, कमलबजारः

जिल्लाको कमलबजारमा खुुला पुुरुष मेयर कप भलिबल प्रतियोगिता हुुने भएको छ । कमलबजार नगरपालिकाको आयोजना र नगर स्तरिय खेलकुुद विकास समितीको व्यबस्थापनमा प्रतियोगिता हुने भएको हो ।

Everest Incitute

यहि फागुन २४ गते प्रतियोगिताको उदघाटन् गरिने नगर स्तरिय खेलकुुद बिकास समितिका संयोजक धिरज रावतले जानकारी दिनुुभयो । खेलमा सहभागिता जनाउने खेलाडीले सम्बन्धित पालिकाको स्थायी बासिन्दा भएको परिचय खुुल्ने नागरिकता वा जन्मदर्ताको प्रमाण पत्र पेश गर्नुुपर्ने उहाँले वताउनुभयो ।

सो प्रतियोगितामा खेलाडीले खान बस्नको प्रवन्ध आफैले गर्नुुपर्ने छ । टिम दर्ताका लागी २०७८ फागुुन २४ गते बिहान ११ बजे सम्मको समय राखिएको छ भने खेल संचालन सोहि दिन दिउँसो १ बजेबाट हुने बताईएको छ ।

प्रतियोगिताको उपाधि उचाल्ने टिमले नगद १ लाख ११ हजार १ सँय ११ रुँँपैया पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय पुुरस्कार ७१ हजार १ सँय ११ रुँपैया राखिएको छ । प्रतियोगीतामा तृतिय पुरस्कार ३१ हजार १ सँय ११ रुँपैया र सान्तवना पुुरस्कार ११ हजार १ सँय ११ रुँपैयाका राखिएको छ । साथै बिजेता टिम र खेलाडिलाई कप, मेडल र प्रमाण पत्र समेत प्रदान गरिने आयोजक कमलबजार नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताबारे थप जानकारिका लागी सम्पर्क नम्बर ९८४८४७८३२६ र ९८४१९८२५९९ मा बुझ्न सकिने नगर स्तरिय खेलकुुद समितीका संयोजक धिरज रावतले वताउनुभयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.