राष्ट्र संकट परेका बेला सबै दलका नेता एक ठाउँमा उभिनु पर्छ: नेकपा अछाम सचिव तिमिल्सैना

Purnima Mobile
Samajik Bal biwaha

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामका सचिव तपेन्द्र तिमिल्सैनाले राष्ट्र संकट परेका बेला सबै दलका नेताले दलगत स्वार्थबाट माथि उठनु पर्ने बताउनु भएको छ । राष्ट्रघाती सम्झौता एमसीसी नेपालको संविधान भन्दा माथि भएकाले हरेक राजनितीक दलका नेता एकपटक सोच्नै पर्ने बेला आएको बताए ।

Mangala Bharna

सदरमुकाम मंगलसेनमा पत्रकार भेटघाटका क्रममा सचिव तिमिल्सैनाले नेपालका राजनितीक दलका नेताले नेपालको हित विपरीत गरेका सन्धि सम्झौताले देशलाई निकै पछाडि धकेलिएको बताउनु भयो ।

Mellekh RM1
Saud Agro Kailash

अहिलेको अबस्थामा राष्ट्र घाति एमसीसी कुनै बाहानामा नेपालमा घुसेमा युद्ध मैदान बन्न सक्ने समेत सचेत गराउनु भयो । एमसीसी खारेजीको माग गर्दै आफ्नो पार्टी लगाएत अन्य दलका घटक समेत बिरोधमा उत्रिएकाले सबैलाई सहयोग गरिदिन आग्रह गर्नु भयो ।

बिरोध कार्यक्रम अन्तरगत भोलि सदरमुकाम मंगलसेनमा बिरोध सहित बृहत सास्कृतिक कार्यक्रम गरिने बताउनु भयो । अछाम जिल्लाको बिकास निर्माणको अबस्थाका बारेमा बोल्दै जिल्लाका जनप्रतिनिधि जनताका समस्याका बारेमा बेखर भएकोे बताए ।

शिक्षा, स्वास्थ्य जनताका जनजिविकाका बिषयमा सबैले सोच्न पर्ने बेला आएको बताउदै आफ्नो पार्टीको कुनै स्वार्थ नभई जनाका समस्या प्रमुख मानेर अघि बढी रहेको बताउनु भयो ।

पार्टी कार्यालयमा जिल्ला स्थित पत्रकारसँग परिचयात्मक सहित भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य निरक शाही, कार्यालय सचिव लोकेन्द्र शाहि, जिल्ला सदस्य तपेन्द्र शाहि, विराट, दिपेन्द्र जयगढीको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.