कक्षा १२ को परीक्षा आजदेखि सुरु


काठमाडौं:


कोभिड-१९ का कारण स्थगित कक्षा १२ को परीक्षा आजदेखि सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ। बोर्डकाअनुसार विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउनेछन्। परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ। यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो।
सरकारले प्रवेशपत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ। परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।
