विपदकाे अवस्थामा एक अर्काकाे सहयाेगी भावना हुनुपर्नेः अध्यक्ष साउद

Purnima Mobile
Kirci Gyan Kendra

कालु बोहरा, चौरपाटीः

Samajik New Add 2082

चाैरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले विपदकाे अवस्थामा एक अर्काकाे सहयाेगी भावना हुनु पर्नेमा जाेड दिनु भएको छ । नेपाल रेडक्रस साेसाईटी चाैरपाटी गाउँपालिका लुंग्रा उपशाखाकाे छैटाे अधिवेशन उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष साउदले समुदायमा हुन सक्ने विभिन्न विपदमा सहयाेगका लागि सबैले हातमा हात मिलाउनु पर्ने बताउनु भएको हो ।

Mellekh RM1

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष साउदले नेपाल रेडक्रस साेसाईटीले विपदमा परेका ब्यक्ति तथा समुदायकाे लागि गर्दै आएकाे कार्यकाे प्रशंसा गर्दै आफ्नाे ब्यक्तिगत कार्यभन्दा माथी उठेर काम गर्न प्रेरित गर्नु भयाे । अध्यक्ष साउदले उपशाखालाई गाउँपालिकाले आवश्यक सहयाेग गर्ने प्रतिवद्वतता जनाउनु भयाे ।

Saud Agro Kailash

यस्तै कार्यक्रमका विशिष्ट अतिथी नेपाल रेडक्रस साेसाईटी जिल्ला सभापति रत्न प्रसाद ढुंगानाले रेडक्रसले मानवतावाद, निश्पक्षता, विश्वव्यापकता लागि रेडक्रस गठन गरिएकाेले रेडक्रसकाे सदस्यता प्राप्त गर्ने ब्यक्तिले मावरुपी कार्यलाई प्रंन्वय दिनु पर्नेमा जाेड दिनु भयाे । यस्तै विशिष्ठ अतिथि रेडक्रस अछामका मन्त्री धुर्व कुमार शाहीले अछाममा रेडक्रस हरेक विपदकाे समयमा सहयाेगी दातासँग समन्वय गरि सहयाेग गरिरहेकाे बताउनु भयाे ।

यस्तै कार्यक्रमका विशिष्ठ अतिथि नेपाल रेडक्रस साेसाईटी अछामका उपमन्त्री खडग बहादुर खडकाले रेडक्रस स्थपना पछि रगत अभावका कारण अकालमै ज्यान जानेकाे संख्यामा निकै कमि भएकाे बताउनु भयाे ।

उपशाखा लुंग्राकाे सभापती राम बहादुर कुँवरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य राम बहादुर खडका, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य राम बहादुर थापा, एकीकृत समाजवादी चाैरपाटी गाउँपालिका अध्यक्ष राम बहादुर साउद, वडा नं १ का वडा अध्यक्ष सालिभाने साउद, रेडक्रस साेसाईटीका आजिवन सदस्य देव बहादुर साउद, लक्ष्मण साउद लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।

रेडक्रस साेसाईटी उपशाखा लुंग्राका सदस्य दल बहादुर खडकाले स्वागत मन्तब्य राख्नु भएकाे कार्यक्रममा प्रगति प्रतिवेदन संस्थाका सदस्य चक्र बहादुर खडकाले प्रस्तुत गर्नु भएकाे कार्यक्रमकाे सञ्चालन कालु बाेहरा गर्नु भएकाे थियाे । भेलाले साेही उपशाखालाई गाउँपालिका स्तरीय समितिमा स्थपना गरेकाे थियाे ।

भेलाकाे बन्द सत्रले राम बहादुर कुँवर सभापती रहने गरि ११ सदस्यीय नेपाल रेडक्रस साेसाईटी चाैरपाटी उपशाखा समिति गठन गरेकाे छ । जसकाे उप सभापतीमा सालिभाने साउद सचिवमा कालु बाेहरा, सहसचिव कृपाराम पाण्डे,काेषाध्यक्ष पशुपती खडका, सदस्यमा मीना साउद, विक्रम सुनार, देव बहादुर साउद, दिप बहादुर खडका,लाल बहादुर बाेगटी, चक्र खडका लगायतका सदस्य रहेका छन ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.