बैतडीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

बैतडी:

बैतडीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्। पाटन नगरपालिका ६ बेडौतीमा खोडपेतर्फ आउदै गरेको से१ज ६३४ नम्बर को जीपले भे७प ४३४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ घाइते भएका हुन्।

Everest Incitute

घाइते हुनेमा मोटरसाइकल चालक पाटन–६ का ३६ वर्षीय उद्धब जोशी, मोटरसाईकलमा सवार सोही ठाँउका ७३ वर्षीय अन्तराम पन्त र जीप चालक पाटन–१ का ज्ञानेन्द्र भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घाइते मध्ये मोटरसाईकल चालक जोशीको अवस्था गम्भिर रहेको छ। उनलाई धनगढी रेफर गरिएको छ। अन्य घाइतेको पाटन प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

-Dineshkhabar

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.