मेल्लेखमा उद्योग ग्रामको उद्घाटन गरिदै

मेल्लेख गाउँपालिकामा स्थापना गरिएको ग्राम उद्योगको उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

Samajik New Add 2082

यही असोज १ गते उद्घाटन गर्न लागिएको ग्राम उद्योगको उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराद्वारा एक कार्यक्रमका बिच ग्राम उद्योगको यही असोज १ गते शुक्रवार दिउसो उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।

मेल्लेख गाउँपालिकामा स्थापना गरिएको ग्राम उद्योगमा स्थानीय रूपमा पाइने विभिन्न अल्लो तथा भाङबाट बनेका लुगा कपडा,काठबाट बनेका विभिन्न काष्ठ सामाग्रीहरू,सरकारी कार्यालयका पोसाक,विद्यालयका पोसाक लगायत मौसम अनुसारका लुगा कपडा उत्पादन भइरहेका छन् ।

स्थानीय उत्पादनलाई बजारीकरण गर्दै नागरिकहरूलाई आफ्नै गाउँ ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले ग्राम उद्योगको स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भएको छ ।

यही भाद्र २८ गते मात्र मेल्लेख गाउँपालिकाको नव निर्मित प्रशासनिक भवन र आधारभूत अस्पतालको औपचारिक रूपमा गाउँपालिका अध्यक्ष बोहराले उद्घाटन गर्नु भएको थियो ।

 

-बान्नीगढीटुडेबाट

Leave A Reply

Your email address will not be published.