उद्यमशिलता बिकास तालिम ठुलासेनमा सम्पन्न

५ दिने उद्यमशिलता बिकास तालिम ठुलासेनमा सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र वाक नेपाल Power परियोजना 4 AY परियोजनाद्धारा संचालित कार्यक्रम अनुसार वडा नम्बर ६ र ७ का उद्यमि तथा उद्यम गर्ने चाहाने युवाको सहभागीता रहेको थियो ।

Everest Incitute

५ दिनसम्म चलेको तालिमको समापन गर्दै मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनक भण्डारीले तालिममा सिकेका कुरा आफ्नो ब्याबसायिक योजनामा प्रयोग गर्न आग्रह गर्नु भयो । ब्याबसायलाई निरन्तरता दिदै गएमा आगामी दिनमा हरेक क्षेत्रबाट सहयोगी निकाय बढदै जाने बताउनु भयो ।

अर्का अतिथि वडा नम्बर ६ का वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीले प्रविधिको बिकाससँगै युवाले नयाँ योजनाका साथ आगामी दिनमा ब्याबसायलाई अघि बढाउनु पर्नेमा जाेडदिनु भयो । तालिममा समापनमा सहभागी उद्यमि युवाको तर्फबाट बोल्दै कृष्णप्रसाद जैसी र तारा जैसीले तालिममा सिकेको कुरा ब्याबहारमा लागू गर्दै जाने बताउनु भयो ।

तालीमको सहजिकरण मंगलसेन नगरपालिका उधम विकास सहजकर्ता राम बहादुर बढा, वाक नेपालका फिल्ड अधिकृत अधिकृत रमिता ढुंगाना र गिता ढुगांनाले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.