‘माओवादीलाई अब कसैले रोक्न सक्दैन’ : भट्ट

धनगढी :

Samajik New Add 2082

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले अब माओवादीलाई कसैले रोक्न नसक्ने बताएका छन्। डोटीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता भट्टले यस्तो बताएका हुन्।

‘विगतमा चुनाव जितेर गएका जनप्रतिनिधि र अहिले चुनाव जितेर गएका जनप्रतिनिधिले गरेको काम गाउँगाउँ सम्म पुगाउन सक्यौँ भने माओवादीलाई कसैले रोक्न सक्दैन,’ मुख्यमन्त्री भट्टले भने। उनले डोटीको विकासमा सुदूरपश्चिम प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेलेको भन्दै व्यवस्था परिवर्तनमा माओवादीले खेलेको भूमिकाबारे पनि प्रचार हुन आवश्यक रहेको बताए।
’देशभरीको अवस्था हेर्दा माओवादी अब ०६४ को अवस्थामा पुग्न सक्ने सम्भावना बढेको छ,’ उनले भने, ‘आगामी चुनावमा पनि वामपन्थी गठबन्धन यथावत रहन्छ। पहिलो मिसन भने स्थानीय चुनाव जित्ने बनाउनपर्छ।’

 

-दिनेशखबर

Leave A Reply

Your email address will not be published.