हसीया प्रहारबाट गर्भवती महिला घाइते

मेल्लेख गाउँपालिकामा हसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न । मेल्लेख गाउँपालिका ३ दर्बाकि ३५ वर्षिया गर्भवती रंगिदेवी बुढा लाई त्यहाकै अमृता देवी बुढाले हसिया प्रहार गरि घाइते बनाएकी हुन ।

आफ्नो बारिमा भैसीले घास खाएको विषयलाई लिएर वाद बिवाद हुदा अमृता बुढाले हसिया प्रहार गर्दा नाक, मुख र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेको समान्य उपचारका लागि स्थानीय मेडिकल पश्चात् अहिले बयालपाटा अस्पतालमा थप उपचार भैरहेको छ । हसिया सहित निज महिला ईलाका प्रहरी कार्यालय ठाटी बगुडाको नियन्त्रणमा छन।
