वाक नेपालको अध्यक्षमा बलबहादुर केसी
अछाम ३१ भदौ ।
वाक नेपालको ९ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै साँफेबगरमा सम्पन्न भएको छ । अधिवेशनले बल बहादुर केसिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको नवनिर्वाचित अन्य पदाधिकारीमा उपाध्यक्ष ममिन मियाँ, महासचि अप्सरा कुँवर, सचिव निरा कडायत, कोषाध्यक्ष शुशिला बोगटी, सदस्य मीन बहादुर कुँवर छत्रमान ताम्राकार लगायत रहनुभएको छ ।
नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुने संस्थाले जनाएको छ । यसअघि संस्थाका अध्यक्ष मिन बहादुर कुवरको अध्यक्षतामा भएको साधारणसभाको उदघाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुवरले उदघाटन गर्नुभएको थियो ।
साधारण सभामा संस्थाका साधारण सदस्य, कर्मचारीहरु र सरोकारवालाहरुको सहभागिता रहेको संस्थाका कर्मचारी कृति खडकाले जानकारी दिनुभयो । वाक नेपाल अछाममा क्रियाशिल सामाजिक संघसंस्थाहरुमा अग्रणी संस्था हो ।