मेल्लेख १ ऋषिदहमा माओवादी केन्द्रको विस्तारित बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र मेल्लेख गाउँपिालिका वडानम्वर १ ऋषिदहको विस्तारित बैठक सम्पन्न भएको छ । मानसिंह कामीको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका जिल्ला सह ईञ्चार्ज लोक बहादुर बोहरा अविरल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले जनताका अधिकारलाई स्थापीत गर्नका लागि आगामी स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई बिजयी बनाउनुपर्ने बताउनुभयो । जसको नीति उसैको नेतृत्वका लागि पनि माओवादी केन्द्र सत्तामा आउनुपर्ने उल्लेख गर्नुभयो ।

Everest Incitute

कार्यक्रमका विशिष्ट अतिथिमा पार्टीका प्रदेश कमिटी सदस्य अर्जुन धामी रहनुभएको थियो । अन्य अतिथिमा मेल्लेख गाउँपालिका सहईञ्चार्ज टंका बिक, गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद, बरिष्ट उपाध्यक्ष गोरख धामी लगायत रहनुभएको थियो । सचिव गोरख धामीले संचालन भएको कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ११ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । बैठकले आगामी निर्वाचनका लागि चुनावी कार्यक्रमहरु समेत तय गरेको छ ।

यसअघि बिहिबार मेल्लेख गाउँपालिकाकै वडानम्वर २ ऋषिदहमा माओवादी केन्द्रको विस्तारित बैठक चुनावी कार्यक्रम तयार पार्दै सम्पन्न भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.