अखिल (क्रान्तिकारी) अछामको दोस्रो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

अछामः

Samajik New Add 2082

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)अछाम को दोस्रो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष लाल बहादुर साउदको अध्यक्षतामा जिल्ला सदरमुकाम मंगलसेनमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादि केन्द्रका सुदूरपश्चिम प्रदेस कमिटि उपाध्यक्ष एंवम प्रदेशसभा सांसद अक्कल बहादुर रावल रहनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथीमा माओवादी केन्द्रका युवा नेता दिपक साउद (तरङ्ग), अन्य अतिथिहरुमा माओवादी केन्द्र जिल्ला संयोजक रबिन्द्र साउद, अखिल क्रान्तिकरिका केन्द्रिय सदस्य गम्भीर साउद, धुर्व बहादुर रावल, मीन बाब्ली, प्रदेस कमिटी उपाध्यक्ष बैजन्ती कुंवर, सचीव भिमसेन ताम्राकार रहेनुभएको थियो । उपाध्यक्ष कमल थापाको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव राकेश साउदले गर्नु भको थियो ।
साथै उक्त कार्यक्रम बाट स्थानीय तहको निर्वाचनका लागि संगठनात्मक गतिविधि लाई तिव्राता दिने गरि विभिन्न निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष लाल बहादुर साउदले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.