कमलबजार २ का १८ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण

कमलबजार नगरपालिका वडा नम्बर २ का बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । आर्थिक बर्ष २०७८/०७९ को वडामा छुट्याइएको दलित तथा अपांग लक्षित आर्थिक सहयोगमा अनाथ, टुहुरा, विपन्न परिवार र अपांगता भएका परिवारका १८ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

Everest Incitute

वडा नम्बर २ का वडा अध्यक्ष रण बहादुर खड्काको अध्यक्षता भएको कार्यक्रममा परिवारका १८ जना बालबालिकालाई जनही एउटा झोला, १ दर्जन कापी र कलम वितरण गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाको उज्यालो घामबाट कोही पनि बन्चित नहुन भन्ने उद्देश्यका साथ शैक्षिक सामाग्री वितरण गरिएको वडा सचिव विरेन्द्र भण्डारीले जानकारी दिनु भयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.