जनताको पहिलो रोजाइ एमाले हो: प्रदेश उपाध्यक्ष तिमिल्सैना

नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सैनाले गाउँ गाउँमा जनताको लहरले आगामी निर्वाचन पछी पार्टी पहिलो शक्ति बन्ने बताउनु भएको छ । जनताको पहिलो रोजाई नै एमाले भएकाले हरेक नेता कार्यकर्तालाई जनताका माझमा जान आग्रह गर्नु भएको हो ।

Samajik New Add 2082

नेकपा एमाले रामारोशन गाउपालिका वडा नम्बर ६ भटाकाटियाको बिस्तार बैठक तथा पार्टि प्रबेश कार्यक्रममलाई सम्बोधन गर्दै जनताका भन्दा पनि आफ्ना स्वार्थका कारण अहिले गठबन्धन सरकार टिकिरहेकाले चुनाव पछि सबै सडकमा हुने बताउनु भयो ।

वडा कमिटी अध्यक्ष पहल साउदको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य पदम बहादुर बोहराले एमाले सरकारका पालामा थुप्रै राम्रा काम भएकाले जनताले एमालेलाई पहिलो रोजाइ मान्ने बताए ।

कार्यक्रममा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, प्रदेश कमिटी सदस्य चक्र रावल, आदर्श साउद, नरेन्द्र साउद, अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष डिबि साउद, जिल्ला कमिटी सदस्य उमाकान्त खनाल, मानसिह रोकाया, पाना साउद, भीष्म साउद, पुर्ब अछाम काठमाडौ सम्पर्क कमिटी अध्यक्ष खकेन्द्र साउद, अनेरास्ववियु जिल्ला कमिटी सहसचिव प्रेम देबकोटा लगाएतका नेताले सम्बोधन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.