भरत बिष्टको अध्यक्षतामा तुर्माखाद गाउपालिका स्तरिय युवा संजाल गठन

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

१७ चैत अछाम ।
जिल्लाको तुर्माखाद गाउपालिकामा गाउपालिका स्तरीय युवा संजाल गठन गरिएको छ । “सहकार्य र एकता हाम्रो अभियान, राष्ट्र निर्माणमा युवा परिचालन” भन्ने मुल नारा सहित भएकाे प्रथम गाउपालिका अधिवेशनकाे बन्दसत्रबाट बिष्टको अध्यक्षतामा १५ सदस्यीय युवा संजाल निर्वाचित भएको हाे ।
संजालकाे उपाध्यक्षमा नरबहादुर बुढ र पुष्पा बुढा, सचिवमा बिनाेद शाही, सहसचिवमा गाेविन्द बुढा र टेक नेपाली, काेषाध्यक्षमा निशा बाेगटी लगायत अरु सदस्य रहेका छन ।
सबै वडाबाट ५/५ जना प्रतिनिधि सहभागी गराईएकाे जिल्ला युवा संजालका सल्लाहकार सदस्य तथा निर्वाचन समिति संयाेजक जगत शर्माले जानकारी दिनुभयो ।
यसअघि भएको उदघाटन सत्रकाे अध्यक्षता गाउपालिका संयाेजक भिम बुढाले गर्नुभएको थियाे भने प्रमुख अतिथिमा तुर्माखाद गाउपालिका अध्यक्ष पुष्पराज शर्मा रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै शर्माले युवाहरुकाे पक्षमा बजेट तथा कार्यक्रम बनाउन आफु तयार रहेकाे बताउनुभयो ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष अमृतादेवि बुढा बिशिस्ट अतिथि रहनुभएकाे थियाे भने अन्य अतिथिहरुमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जाेरासिंह बिष्ट, नेकपा एमालेका जिल्ला सदस्य निर्मला न्याैपाने, नेपाली कांग्रेसका जिल्ला सदस्य गणेश बहादुर शाही लगायत रहनुभएकाे थियाे । यस्तै कार्यक्रममा वडानम्वर १ का अध्यक्ष थिर बहादुर रावल, २ का अध्यक्ष शुभ जैशी, ३ का अध्यक्ष पदम बहादुर बिसि, ४ का अध्यक्ष कविराम बयक, ५ का अध्यक्ष तुलाराम जैशी, ७ का अध्यक्ष रतन चलाउने र ८ का अध्यक्ष चक्र प्रसाद धमला लगायतका अतिथि रहनुभएकाे थियाे ।

Mangala Bharna

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.