३१ बर्षकै उमेरमा डा. खतिवडा स्वास्थ्य सेवाको एघारौं तहमा बढुवा

Everest Incitute

वीर अस्पताल काठमाडौंमा कार्यरत रेडियोलोजी डा. विष्णु खतिवडा अहिलेसम्मकै सबै भन्दा कम उमेर ३१ वर्ष ९ महिनामै एघारौं तहमा बढुवा हुनु भएको छ । लोक सेवा आयोगले डा. खतिवडालाई एघारौं तह, प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्ट पदमा बढुवा सिफारिस गरेको हो ।

लिखित परीक्षामा २३ जना सहभागी मध्ये तीन जनाले नाम निकाल्न सफल भएका र अन्तर्वार्तामा प्राप्ताङ्क नम्बरको आधारमा डा. खतिवडालाई एघारौं तहमा बढुवा सिफारिस गरिएको लोक सेवा आयोगद्धारा जारी सूचनामा उल्लेख छ । डा. खतिवडा वीर अस्पताल रेडियोलोजी विभागको आठौं तहमा कार्यरत हुनुहुन्छ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.