एमाले मंगलसेन नगरको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

नेकपा एमाले मंगलसेन नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्र निर्माण समितिका संयोजक भरत सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय तथा अछाम सहईन्चार्ज यज्ञ बहादुर बोगटीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो ।

Samajik New Add 2082

बौद्धिक वर्गको समुहले थुप्रै परिवर्तन रुपि खाका सहित प्रतिबद्धता पत्र तयार भएकाले जनताको माझमा हरेक नयाँ कुरा चुनावमा एजेन्डाका साथ लिएर जानू पर्ने बताउनु भयो । त्यस अघि कार्यक्रमका अध्यक्ष भरत सोडारीले करिब १४ पेजको प्रतिबद्धतामा नगरको मुहार फेर्ने लक्ष्य भावि योजना सहितको सार्वजनिक गर्नु भएको थियोे ।

कार्यक्रममा नेकपा एमालेले अछामका अध्यक्ष चन्द्र बोहराले नगरको सहित समग्र जिल्लाको सकल्प सहित प्रतिबद्धता र जनताका लागि अपिल पत्र सार्वजनिक गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य भिम जनाला, मना अधिकारी, डिबी साउद, जिल्ला उपाध्यक्ष बल बहादुर कुवर, जिल्ला सचिव भीम बहादुर रावल, उपसचिव डम्मर बिसी, प्रेम महर, शिक्षक संगठन केन्द्रीय सदस्य नर बहादुर रावल, जिल्ला सदस्य लगाएतको सहभागीता रहेको थियोे । कार्यक्रमको संचालन प्रतिबद्धता संयोजन समितिका नरेश बहादुर कठायतले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.