काँग्रेसका क्षेत्रीय सहसचिव पुष्पराज भण्डारी सहितको टिम एमालेमा प्रवेश

अछाममा नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव सहित २ दर्जनले नेपाली कांग्रेस परित्याग गरेका छन् । अछाम क्षेत्र नम्बर २ का क्षेत्रीय सह सचिव पुष्पराज भण्डारी सहित २ दर्जन नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस पार्टी परित्याग गरेका हुन् ।

Samajik New Add 2082

जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा एक कार्यक्रमका नेता भण्डारी सहित २ दर्जन नेता तथा कार्यकर्ताले कांग्रेस पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश भएका छन् ।

नेपाली काँग्रेसको मंगलसैन नगरपालिका कार्य समितिका निवर्तमान सभापति समेत रहेका भण्डारी स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदका आकाङ्क्षी थिए । तर पार्टीले उनी भन्दा जुनियर मान्छेलाई टिकट दिएको भन्दै भण्डारी सहित दर्जनौँ कार्यकर्ता असन्तुष्ट बनेका थिए ।

विगत ३५ वर्षदेखि नेपाली काँग्रेसको सिपाहीका रुपमा काम गरेका भण्डारीको पार्टी परित्यागले नेपाली कांग्रेस क्षेत्र नम्बर २ मा ठुलो धक्का पुग्ने देखीएको छ ।

भण्डारी सहितका नेता तथा कार्यकर्ताहरूलाई शनिवार ठुलासैन बजारमा एक कार्यक्रममा बिच नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला सह इन्चार्ज यज्ञ बोगटी,प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्याय,जिल्ला अध्यक्ष चन्द्र बोहरा लगायतका नेताले पार्टीमा स्वागत गरेका थिए ।

क्षेत्रीय सहसचिव भण्डारी सहित शिक्षक संघमा आबद्ध रहेका शिक्षकहरू समेत नेकपा एमालेमा प्रवेश गरेका छन् ।

Leave A Reply

Your email address will not be published.