बलाताको मैकामा एकीकृत समाजवादीले गर्‍यो चुनावी सभा

Purnima Mobile
Kirci Gyan Kendra

नेकपा (एकीकृत समाजवादी) पार्टी ढकारी अछामको चुनाव प्रचार तथा घरदैलो अभियान आज वडा नम्बर ५ को मैंकामा सम्पन्न भएको छ । पार्टीका वडा संगठन कमिटी अध्यक्ष नबिन बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सचिव नवराज सावद प्रमुख अतिथी रहनु भएको थियो ।

Samajik New Add 2082

समाजवादी पार्टीबाट ढकारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहेका सचिवालय सदस्य तथा गाउँपालिका इन्चार्ज शेरबहादुर बुढा र उपाध्यक्ष पदका उम्मेदवार देवकला खत्री चलाउनेको बिशिष्ठ आथित्यतामा आयोजित प्रचार अभियान सभामा बोल्दै प्रमुख अतिथी सावदले ढकारीको विकासका लागि कलम चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।

Mellekh RM1

समाजवादी पार्टीले निष्ठावान, इमानदार र लगनसिल व्यक्तिलाई उम्मेदवारका रुपमा अघि सारेकोहुँदा वडा देखि गाउँपालिकासम्म समाजवादी पार्टीकै उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । आफुहरु चुनाव जितेर जनताका पिर, मर्का समाधान गर्नेगरी विकासका नयाँ–नयाँ योजनाका साथ गाउँ फर्किने बचन दिनुभयो ।

विगतमा केहि राजनितिक दलले चुनाव जितेरपनि उल्टै जनताका घरमा खसी खान आएको तितोसत्य सबैले देखेकैले आफुहरु पहिल्यै देखि त्यसको विरोध गरिरहेकाले समाजवादी पार्टीका कुनैपनि निर्वाचित पदाधीकारीहरु त्यस्तो भ्रष्ट मतिको नहुने बताउनुभयो ।

Saud Agro Kailash

यदि कोही कतैबाट जनताको ढाड सेक्ने खालका गतिविधि भएको भेटिए तत्काल कारबाही गरिने बताउनुभयो । सचिव सावदले अहिले ढकारी गाउँपालिकाका नेकपा समाजवादी पार्टीका सबै नेताहरु एकताका साथ चुनावी अभियानमा रहेकाले अब निश्चित रुपमा आफ्ना उम्मेदवारहरुको जित हुने दाबी गर्नुभयो ।

ढकारीका गाउँगाउँमा समाजवादी पार्टीको लोकप्रीयता देखेर केही दलहरुले आफुहरु बिरुद्ध गलत हल्ला फैलाइरहेकाले त्यस्ता कुराका पछाडी नलागेर एकताका साथ मतदाता समक्ष पुग्न उहाँले नेता कार्यक्रताहरुलाई आग्रह गर्नुभयो । चुनावी सभामा बोल्दै गाउँपालिका अध्यक्ष पदका उम्मेदवर शेरबहादुर बुढाले आफ्नो लामो राजनितिक यात्रामा कुनैपनि दाग नलागेको विगतको इतिहास कोट्याउदै अबपनि सबैको साझा बनेर निश्पक्ष रुपमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले समृद्ध ढकारी निर्माणका लागि बिशेष योजनाहरु संचालन गरिनुका साथै सुशासन, पारदर्शीता र जवाफदेहितामा देशकै नमूना गाउँपालिका बनाइने उल्लेख गर्नुभयो । सबैले कलम चिन्हमा मतदानगरी आफु र अन्य पदमा रहेका आफ्ना उम्मेदवारलाई विजयी गराएर एकपटक मौका दिन पनि उहाँले सबै संग अनुरोध गर्नुभयो ।

सो अवसरमा नेपाली कांग्रेस परित्याग गरी जमान साउद र नरबहादुर बुढा समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु राजबहादुर शाही, मेघलाल उपाध्याय, , कमलसिंह क्षेत्री, भुपेन्द्र बुढा, उज्जले कामी, गाउँपालिका संगठन कमिटी अध्यक्ष धर्मराज साउद, वडा नम्बर ५ का वडाध्यक्ष पदका उम्मेदवार तिलक बहादुर साउद, वडा नम्बर ४ का वडाध्यक्ष पदका उम्मेदवार पहलवान थापा लगायत रहनु भएको थियो ।

कार्यक्रममा कलाकारहरुले चेतनामुलक साँस्कृति प्रस्तुती समेत राखेका थिए । नेकपा (एकीकृत समाजवादी) पार्टी सोमबार पनि प्रचार अभियान तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.